Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि छिट्टै कानुनको दायरामा ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

    भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि छिट्टै कानुनको दायरामा ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 429
    SHARES

    फाइल तस्विर

    दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको मुख्य ध्यान सुशासन र भ्रष्टाचार अन्त्यमा रहेको बताएकी छन् ।

    प्रेस सेन्टर दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले भ्रष्टाचारको अन्त्य गर्दै देशमा सुशासन कायम र सेवा प्रवाहलाई सहजता बनाउँदै लैजाने कार्यमा सरकारको ध्यान केन्द्रित रहेको बताइन् ।



    देशमा सुशासन कायम गर्ने र भ्रष्टाचारलगायतका कार्यमा संलग्नहरूलाई कार्यवाही गर्ने गरी सरकारले भुटानी शरणार्थी प्रकरणदेखि सुन प्रकरणमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको सञ्चारमन्त्री शर्माको भनाई छ ।

    सञ्चारमन्त्री शर्माले भनिन्, ‘अहिले भुटानी शरणार्थी, सुन प्रकरणमा अनुसन्धानको काम भइरहेको छ । तर पनि जनतामा यी प्रकरणमा दोषी उम्किने हुन कि सरकारले बिचैमा छोड्छ कि भन्ने भ्रम रहेको छ । त्यो भ्रमलाई चिर्ने गरी सरकार अघि बढेको छ, दोषी जो कोही पनि कारबाहीको दायरामा आउँछ ।’

    सञ्चारमन्त्री शर्माले यी प्रकरणमा सुरुवात मात्रै नभएर सरकारले सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गरिछाड्ने बताइन् ।

    मन्त्री शर्माले सरकारको ध्यान साना भ्रष्टाचार मात्रै नभएर ठुला भ्रष्टाचारका घट्नामा केन्द्रित रहेकाले भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण जस्तै गिरीबन्धु जग्गा प्रकरणलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारीमा रहेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार