Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एमसिसी परियोजना कार्यान्वयनमा : मकवानपुरमा सुरू भयो जग्गा अधिग्रहण प्रक्रिया

    एमसिसी परियोजना कार्यान्वयनमा : मकवानपुरमा सुरू भयो जग्गा अधिग्रहण प्रक्रिया

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एमसिसी सम्झौता अनुसारको परियोजना निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ।

    अमेरिकी सहयोग सम्झौता एमसिसी अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसिए –नेपालले) सम्झौता अनुसार ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरू गरेको हो ।



    ४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको छ ।



    जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै रातमाटे सबस्टेसन देखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौंडा उप-महानगरपालिकामा पर्ने जग्गा, जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार