Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धादिङको वेनिघाटमा बस दुर्घटना हुँदा २६ जना घाइते

    धादिङको वेनिघाटमा बस दुर्घटना हुँदा २६ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 642
    SHARES

    फाइल तस्विर

    धादिङ । धादिङको वेनिघाट रोराङ गाउँपालिका -हुग्दी खोलामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

    दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०३-००१ ख २६७५ नम्बरको बस आज बिहान पौने ५ बजे पृथ्वी राजमार्ग अन्तर्गत हुग्दी खोला नजिकै अनियन्त्रित भई दुर्घटना भएको हो ।



    बसमा रहेका ३४ यात्रुमध्ये २६ जना घाइते भएका छन्। उनीहरूमध्ये गम्भीर प्रकृतिका चोटपटक लागेका ६ यात्रुहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ।



    अन्य घाइतेहरूको टिचिङ अस्पताल मलेखु र राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार