Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कारागारबाट छुटेकै दिन वृद्धाको हत्या, तीन जना पक्राउ

    कारागारबाट छुटेकै दिन वृद्धाको हत्या, तीन जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 921
    SHARES

    धादिङ । धादिङमा एक जना वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

    त्रिपुरासुन्दरी गाउँपालिका ६ गोलाङमा बस्ने ६२ वर्षीया मनकुमारी सार्किनीको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा गोलाङकै ४० वर्षीय शिवबहादुर बस्याल, ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनिल नेपाली छन्।



    बस्यालले कारागारबाट छुटेको दिन, मंसिर १४ गते मनकुमारीको हत्या गरेका थिए। टोवबहादुर र सुनिलले आर्थिक प्रलोभन देखाएपछि शिवबहादुरले हत्या गरेको प्रहरीले जनाएको छ।

    शिववबहादुर मंसिर १४ गते जिल्ला कारागार धादिङबाट रिहा भएका थिए। रिहा भएकै दिन शिवबहादुरले मनकुमारीको घाँटी थिची हत्या गरेको पाइएको छ।

    मंसिर १५ गते बिहान ९ बजेतिर मनकुमारी आफ्नै घरमा मृत फेला परेकी थिइन्। उनीहरूमाथि थप अनुसन्धान गर्न धादिङ जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार