Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मोटरसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते

    मोटरसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 435
    SHARES

    फाइल तस्विर

    धादिङ । तीन वटा मोटरसाइक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

    धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मालिंगामा काठमाडौंबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०२-००३ प ६२०१, बा ८३ प ८९६० नम्बरको मोटरसाइकलसँग बिपरित दिशाबाट आउदै गरेको बा ७४ प ८५५९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।



    दुर्घटनामा तीन वटै मोटरसाइकलका चालक र पछाडि बसेकाहरू घाइते भएका छन्।



    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा ६२०१ नम्बरको मोटरसाइकलका चालक काठमाडौंको टोखा नगरपालिका-२ का २८ वर्षीय विजय डंगोल र पछाडि ‍सवार ४६ वर्षीय मिना डंगोल घाइते भएका छन्।

    त्यस्तै ८९६० नम्बरको मोटरसाइकलका चालक टोखाकै २८ वर्षीय विवेक तामाङ र पछाडि सवार २४ वर्षीया विनिता डंगोल ८५५९ नम्बरको मोटरसाइकलका चालक धादिङको गजुरी गाउँपालिका-२ का २६ वर्षीय सुदिप खरेल र बेनिघाट रोराङ गाउँपालिका-३ का १५ वर्षीय कर्म प्रजा घाइते भएका छन्।

    खरेलको बिएन्डबी अस्पतालमा र अन्यको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार