Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

    औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 303
    SHARES

    धादिङ । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ट्रकमा आगलागी भएको छ ।

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको हो ।



    उक्त ट्रकमा एक्कासी आगो लागेको थियो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने धादिङ प्रहरीले जनाएको छ ।



    गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन ।

    राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ ।

    धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार