Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • धादिङको थाक्रेमा जनप्रतिनिधिकै अवैध क्रसर, राजमार्ग र नहर नै जोखिममा

    धादिङको थाक्रेमा जनप्रतिनिधिकै अवैध क्रसर, राजमार्ग र नहर नै जोखिममा

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 435
    SHARES

    काठमाडौं । प्राकृतिक स्रोतमाथिको दोहन राक्ने जिम्मेवारी पाएका जनप्रतिनिधि आफैं अवैध उत्खननमा सक्रिय बनेका छन् ।

    धादिङको थाक्रेमा जनप्रतिनिधिकै क्रसरले अवैध उत्खनन गरिरहेको विषयमा स्थानीयले विभिन्न निकायमा उजुरी गरेका छन् ।



    थाक्रे गाउँपालिका ३ अर्मखुमा गाउँपालिकाका कार्यपालिका सदस्य अमित घलले यसरी हेभी इक्विपमेन्ट प्रयोग गरी ढुंगा उत्खनन गर्दै आएका छन् ।



    सो खानीले कतैबाट पनि अनुमति लिएको छैन । गाउँपालिका, जिल्ला प्रशासन र प्रहरीलाई समेत प्रभावमा पारी उत्खनन गर्दै आएका छन् ।

    पुथ्वीराजमार्गबाट करिब सात किलोमिटरमा रहेको उनको क्रसरको दोहनको विषयमा स्थानीयले उजुरी गरेपछि केही दिन रोकिने र फेरि सुचारु हुने गरेको छ ।

    वडाअध्यक्ष विजय तामाङको समेत यसमा मिलेमतो रहेको स्थानीयको आशंका छ । उनले अवैध क्रसर रोक्न कुनै चासो दिएका छैनन् । उजुरी गर्ने स्थानीयलाई समेत धम्काउदै आएका छन् ।

    अवैध खानीबाट निकालिएको ढुंगा उनले सगुन कन्ट्रक्सन प्रालिलाई बेच्दै आएका छन् । यसरी उनले महिनामैं लाखौं कमाउने भएकाले त्यो विभिन्न विभिन्न निकायलाई बाँडेर अवैध काममा सेटिङ मिलाएको स्थानीय बताउँछन् ।

    उनको अवैध उत्खननले नौविसेटार–मिसटार–सग्रटार–चलिसे–बाह्रकिला सिचाई नहरमा समेत क्षती पुगेको छ ।

    त्यस्तै, वर्षायाममा वडा नम्बर ६ स्थित महादेववेशी बजारदेखि उक्त खानीसम्म पुग्ने महादेवबेशी निगाले आग्रा कच्ची सडक समेत जोखिममा पर्ने देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार