Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष लालचन जुवा खालबाट पक्राउ

    मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष लालचन जुवा खालबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.4K
    SHARES

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनलाई प्रहरीले जुवा खेल्दै गर्दा पक्राउ गरेको छ ।

    पोखरा महानगरपालिका वडा नंं ८ को होटेल लक्ष्मीबाट प्रहरीले बिहीबार साँझ लालचनसहित सात जनालाई पक्राउ गरेको हो ।



    पहिचान खुल्ने डरले लालचनले प्रहरीलाई मोहन थकाली नाम बनाएका थिए । उनीहरूको साथबाट चार लाख ४७ हजार ८० रुपियाँ प्रहरीले बरामद गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।



    पक्राउ परेका सबैलाई शुक्रवार म्याद थप गर्ने तयारी रहेको छ । अध्यक्ष लालचनसँग मुस्ताङ घोरपझोङकै ५७ वर्षीय इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, पोखराका शङ्कर ग्वारचन, गुन्ज हिराचन, राजु गुरुङ र लबहादुर हिराचन पनि पक्राउ परेका वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार