Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • शुल्कवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन, डिन कार्यालयमा तोडफोड

    शुल्कवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन, डिन कार्यालयमा तोडफोड

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 801
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको छ । नेविसंघका विद्यार्थीले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशिधर राम जोशीको कार्यकक्ष परिसरमा प्रदर्शन गरेका हुन् ।

    उनीहरुले डिन जोशीको पुत्ला बनाएर विरोध जनाएका हुन् । जोशीको पुत्ला पुल्चोक क्याम्पसबाट बालुवाटारसम्म लैजाने भनेर क्याम्पस बाहिर निस्किएका विद्यार्थीहरुलाई प्रहरीले रोकेको थियो । क्याम्पसबाहिर निस्कनासाथ प्रहरीले प्रदर्शनकारीको हातबाट पुत्ला खोसेपछि विद्यार्थीहरूको प्रदर्शन अहिले माइतीघर मण्डलतर्फ अगाडि बढेको छ ।



    आईओईले गरेको शुल्कवृद्धिको विरोधमा ८ दिनदेखि आमरण अनशनमा बसेका नेविसंघका पुल्चोक क्याम्पस इकाई सभापति तथा सिभिल इन्जिनियरिङ सातौं सेमेस्टरका सुलभ चापागाईंको स्वास्थ्य कमजोर बन्दै गएपछि गएराति वीर अस्पतालमा भर्ना गरिएको छ ।



    इन्जिनियरिङ डिन कार्यालयले वृद्धि गरेको शुल्क फिर्ता लिन सबैजसो विद्यार्थी संगठनले माग अघि सारेका छन् । दुई पटकसम्म विद्यार्थी र डिन कार्यालयबीच वार्ता हुँदा पनि निष्कर्ष निस्किन सकेको छैन ।

    आइतबारदेखि समाजवादी मोर्चा निकट अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठनका ४ विद्यार्थीले पनि पुल्चोकमा आमरण अनशन सुरु गरेका छन् । विद्यार्थीको एक समूहले आन्दोलनका क्रममा डिन कार्यालयमा तोडफोडसमेत गरेपछि डिन कार्यालय क्षेत्र अशान्त बनेको छ ।

    विद्यार्थी आन्दोलन चर्कंदै गएपछि आगामी शैक्षिकसत्रको प्रवेश परीक्षा पनि स्थगित गरिएको छ । त्यसले आंगिकमा पढ्ने करिब २ हजार विद्यार्थीसहित १० वटा निजी इन्जिनियरिङ कलेजको प्रवेश परीक्षा अनिश्चित बनेको छ ।

    साउन २५ गतेको निर्णयअनुसार स्नातक इन्जिनियरिङको शिक्षण शुल्क ३ लाख १८ हजारबाट वृद्धि गरेर ७ लाख ७७ हजार पुर्‍याइएको डिन कार्यालयले जनाएको छ । पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आंगिक इन्जिनियरिङ क्याम्पसहरू सञ्चालनमा छन् । डिन कार्यालयबाट सम्बन्धन पाएका निजी क्याम्पसले स्नातक इन्जिनियरिङको शुल्क १६ लाखसम्म लिँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार