Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री साउद र चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

    परराष्ट्रमन्त्री साउद र चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला उनीहरूबीच मंगलबार सिंहदरवारमा भेटवार्ता भएको हो ।



    उनीहरूबीच करिब ४५ मिनेट प्रधानमन्त्रीको भ्रमण र एजेण्डाबारे सघन छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट सिधै चीन जानेछन् ।



    नेपाल र चीनबीच हुने द्विपक्षीय सहमतिका विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।

    अमेरिकी परियोजना एमसीसी कार्यान्वयनका लागि उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौं आएका बेला चिनियाँ राजदूत सोङ र परराष्ट्रमन्त्री साउद विचको भेटलाई महत्वका साथ हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार