Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भक्तपुरबाट दुई थान कटुवा पेस्तोलसहित एकजना पक्राउ

    भक्तपुरबाट दुई थान कटुवा पेस्तोलसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 915
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भक्तपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा उदयपुर घर घइ हाल भक्तपुरको लोकन्थली बस्ने ४० वर्षीय जंगे माझी रहेका छन् ।



    बुधबार बेलुका साढे ७ बजे लोकन्थलीको कखरा स्कुल नजिकै बाटोमा शंकास्पद क्रियाकलाप गरी बसेको अवस्थामा गस्ती प्रहरी टोली उनलाई फेला पारेको थियो ।



    त्यसपछि उनलाई सोधपुछ गरी शरीर खानतलासी गर्दा दुई थान कटुवा पेस्तोल र एक थान गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    माझीसँगै भएका ठेगाना नखुलेका अन्दाजी २८/३० वर्षका अश्विन दाहाललाई चेकजाँचको क्रममा फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानबाट उनीहरुले लुटपाटको योजना बनाइरहेको भन्ने खुलेको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार