Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कटुवा पेस्तोलसहित तीन जना पक्राउ

    कटुवा पेस्तोलसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 300
    SHARES

    बाँके । नेपालगन्जबाट एक थान कटुवा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३, लोनियनपुरुवाबाट सोमबार एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरिएको हो ।



    कटुवा पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ का सदराम बागवान, सोही ठेगाना भएका साकिर अलि बागवान र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ का हुसेन बागवानलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।



    भे ६ प ४९०२ नम्बरको होण्डा साइन मोटरसाइकलमा सवार तीनै जनालाई शङ्का लागि चेकजाँच गर्दा हुसेन बागवानको साथबाट कटुवा पेस्तोल एक थान, उक्त पेस्तोलमा प्रयोग हुने गोली एक थान र तीन थान मोबाइल समेत बरामद गरिएको छ ।

    उनीहरुमाथि प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार