Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भैँसी चोरको साथबाट पेस्तोल र गोली बरामद

    भैँसी चोरको साथबाट पेस्तोल र गोली बरामद

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    सुनसरी । सुनसरीमा भैँसी चोरको साथबाटकटुवा पेस्तोल र गोली बरामद भएको छ ।

    हरिनगरा गाउँपालिका-१ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई प्रहरीले कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोलीको खोका एक थानसहित पक्राउ गरेको हो ।



    भोक्राहा नरसिंह गाउँपालिका-४ लबटोलिया बस्ने जुगेश्वर यादवको २ वटा भैँसी चोरी गरी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी चिरौलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न यादवलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    प्रहरीले चोरीमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार