Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कैलालीमा फरार भएका व्यक्तिको घरबाट कटुवा पेस्तोल र गोली बरामद

    कैलालीमा फरार भएका व्यक्तिको घरबाट कटुवा पेस्तोल र गोली बरामद

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 882
    SHARES

    कैलाली । कैलालीमा प्रहरीले कटुवा पेस्तोल र एसएलआर बुलेट बरामद गरेको छ ।

    जिल्लाको घोडाघोडी-११ स्थित विजय कठरियाको घरबाट पेस्तोल र गोली बरामद गरिएको हो ।



    क्षेत्रीय अनुसन्धान समूह आईआरटी बाट विशेष सूचनाको आधारमा खटी गएको प्रहरी टोलीले ईप्रका सुख्खडको सहयोगमा खानतलासी गर्दा कठरियाको घरको बाहिर पट्टि रातो कपडाले बेरेर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र एसएलआरको गोली एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।



    बन मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले ९३ हजार ३३३ जरिवाना तोकिएका कठरिया फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार