Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महोत्तरीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ, गोली पनि बरामद

    महोत्तरीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ, गोली पनि बरामद

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । महोत्तरीमा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको सोनमा गाउँपालिका–५, खयरबनी चोकबाट भारतको विहार राज्यस्थित सितामढी जयनगर ग्रामपंचायत–११ बस्ने २४ वर्षीय बलविन्द्र महतो बुधबार बेलुकी पक्राउ परेका हुन् ।



    प्रहरीका अनुसार पेस्तोलसहित सोही पेस्तोलमा लाग्ने गोली एक राउण्ड, किल्ला उक्काउने रड दुई थान र पेचकस एक थान बरामद गरेको छ ।



    इलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारेको जनाइएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार