Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्रीमतीलाई ज्यान मार्ने धम्की दिएका पुरूष पेस्तोलसहित समातिए

    श्रीमतीलाई ज्यान मार्ने धम्की दिएका पुरूष पेस्तोलसहित समातिए

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 1K
    SHARES

    धनुषा । धनुषामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा सबैला नगरपालिका-८ ठिल्लाका ५१ वर्षीय रामइश्वर ठाकुर छन् ।

    शुक्रबार साँझ ठाकुरले उनकी ५० वर्षीया श्रीमती रामकाशी देवीमाथि कुटपिट गरी पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएका थिए ।



    ठाकुरले श्रीमतीमाथि पेस्तोल तेर्स्याएर ज्यान मार्ने धम्की दिएको सूचना छिमेकीले प्रहरीलाई दिएका थिए । सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई उनको घरबाट पेस्तोलसहित पक्राउ गरेको हो ।



    ठाकुरको शरीर तथा घर खानतलासी गर्दा ९ ईन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार