Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कटुवा पेस्तोलसहित यादव पक्राउ

    कटुवा पेस्तोलसहित यादव पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 594
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिरहामा कटुवा पेस्तोलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    सिरहा नगरपालिका–७ स्थितबाट पेस्तोल एक थानसहित औरही गाउँपालिका–४, कमलपुर घर भएका २० वर्षीय सरोजकुमार यादव पक्राउ परेका हुन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।



    उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका–३ का २२ वर्षीय संजितकुमार यादव समेतसँग विवाद भएको थियो ।



    प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट पेस्तोल फेला पारेको वडा प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार