Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बालेनका कारण ‘रुटिन अफ नेपाल बन्द’को पेज बन्द

    बालेनका कारण ‘रुटिन अफ नेपाल बन्द’को पेज बन्द

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 3.1K
    SHARES

    काठमाडौं । लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ बन्द भएको छ । पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका हुन् ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई बचाउ गरेको आरोप लागेपछि पेज बन्दको निर्णय लिइएको बताईएको छ ।



    पेजका सञ्चालक पौडेलले केही बेरअघि फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो । पाठकलाई कुनै सूचना दिइएको छैन ।



    विवादमा परेपछि रुटिनले अस्थाइरुपमा पेज बन्द गरेको हो। मेयर बालेनले सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए । त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो

    । भोलिपल्ट बिहानै रुटिन अफ नेपाल बन्दले बालेनको पुत्रीलाभको खबर सार्वजनिक गरेको थियो । बालेनमाथि भइरहेको आलोचनालाई डाइभर्ट गर्न भर्खरै सन्तानलाभ भएको जसरी खबर प्रकाशन गरेको आरोप रुटिनमाथि लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार