Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विचारकै आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न पाइँदैन : सञ्चारमन्त्री शर्मा

    विचारकै आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न पाइँदैन : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले विचारकै आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न नपाईने बताएकी छन् ।

    मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमणको घटनाको बारेमा बोल्दै मन्त्री शर्माले कसैको विचारका आधारमा सांघातिक आक्रमण गर्ने छुट कसैलाई नभएको बताईन् ।



    सञ्चारमन्त्री शर्माले भनिन्, ‘अहिले सांघातिक आक्रमण गर्नेलाई हामीले पक्राउ गरिसकेका छौं । लोकतन्त्र, गणतन्त्रमा सबै कुरा गर्न पाइन्छ, आफ्ना विचार व्यक्त गर्न पाइन्छ । तर, विचारका आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न पाइँदैन । यो संविधान, कानून र नियमविपरितकै कामहरु हुन् । त्यसबारे थप अनुसन्धान जारी छ ।’

    अनुसन्धान टुंग्याएपछि सरकारले त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताइन् ।

    तरुण दलका पूर्वअध्यक्ष समेत रहेका यादवलाई बिहीबार भृकुटीमण्डपमा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

    आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ ।’उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार