Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तीनकुने सामूहिक हत्या प्रकरण : सिसिटिभीमा देखिएकै व्यक्तिले हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

    तीनकुने सामूहिक हत्या प्रकरण : सिसिटिभीमा देखिएकै व्यक्तिले हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्या एकै व्यक्तिले गरेको निष्कर्ष प्रहरीले निकालेको छ ।

    घटनास्थलको सीसीटीभी क्यामरामा कैद भएपछि पक्राउ परेका व्यक्ति नै घटनामा जिम्मेवार रहेको प्रहरीले ठहर गरेको हो ।



    सीसीटीभी क्यामरामा कैद भएका व्यक्तीले नै सबैको हत्या गरेको देखिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।



    सीसीटीभी फुटेजमा देखिएमा एक जना संकास्पद व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज लोकन्थलीबाट पक्राउ गरेको थियो।

    दिव्य सः फर्निचर मिलमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल र मोरङका १९ वर्षका नवीन राईको शुक्रबार राति हत्या भएको थियो।

    यसअघि अपराध अनुसन्धान महाशाखाले घटनाको जानकारी गराउन आएका दीपेन्द्र राईलाई पक्राउ गरेर राखेको थियो । तर, उनको घटनामा संलग्नता नदेखिएको प्रहरी स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार