Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गैह्रीगाउँ सामूहिक हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र छुटे

    गैह्रीगाउँ सामूहिक हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र छुटे

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भएको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई छुटेका छन् । आइतबार हत्यामा संलग्न सिन्धुपाल्चोकका सञ्जय भण्डारी पक्राउ परेपछि प्रहरीलाई खबर गर्ने राई छुटेका हुन् ।

    शुक्रबार राति उनले नै ट्याक्सीमा प्रहरीवृत्त बानेश्वर पुगेर हत्याबारे जानकारी दिएका थिए । तर प्रहरीले उनीमाथि आशंका गरेर नियन्त्रणमा राखेको थियो । मृतकका आफन्तले राईविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले प्रमाण नपुगेको भन्दै दर्ता गरेको थिएन ।



    हत्याकाण्ड भएकै दिन घटनाको बारेमा जानकारी गराउन राई ट्याक्सी चढेर प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले राईलाई नै पक्राउ गरी अनुसन्धान थालेको थियो। तर प्रहरीले राई हत्यामा संलग्न नभएको प्रारम्भिक निष्कर्ष निकालेको थियो । भण्डारीले चार जनाकै हत्या गरेको लिखित बयान दिएको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ ।



    बोलीसम्बन्धी अपांगता भएका (बोल्न नसक्ने) भण्डारी एक्लैले चारै जनाको हत्या गरेको बयान दिएका थिए । प्रहरीले भण्डारीसँग सांकेतिक भाषाका दोभाषे राखेर बयान लिएको थियो ।

    रिसबी साँध्न आरोपी भण्डारीले विशाल राईको खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटना थाहा हुने डरले उनले अन्य तीन जनाको समेत हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार