Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तीनकुने सामूहिक हत्या प्रकरण: अभियुक्त भण्डारी पुर्पक्षका लागि कारागार चलान

    तीनकुने सामूहिक हत्या प्रकरण: अभियुक्त भण्डारी पुर्पक्षका लागि कारागार चलान

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 771
    SHARES

    काठमाडौं । तीनकुनेमा एक महिनाअघि भएको चार जनाको सामूहिक हत्यामा संलग्न सञ्जय भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

    गत भदौ २९ गते राती तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलमा ४ जनाको हत्यामा जोडिएका भण्डारीलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो ।



    गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो ।



    प्रहरीसँगको बयानमा उनले मोटरसाइकलले ठक्कर दिई फरार भएपछि त्यसको बदला लिन एक व्यक्तिको हत्या गर्ने योजना बनाएको, तर घटना गराउँदा घटनास्थलमा आइपुगेकाले अन्य तीनजनाको पनि खुकुरी प्रहार गरी हत्या गरेको बताएका थिए ।

    घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार