Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • तीनकुने सामूहिक हत्या प्रकरण : अभियुक्त भण्डारीमाथि आजीवन काराबासको माग गर्दै मुद्दा दायर

    तीनकुने सामूहिक हत्या प्रकरण : अभियुक्त भण्डारीमाथि आजीवन काराबासको माग गर्दै मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 969
    SHARES

    काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँमा ४ जनाको हत्या प्रकरणमा २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ ।

    सरकारी वकिल कार्यालयले भन्डारीलाई आजीवन काराबासको मागदाबीसहित अभियोगपत्र दायर गरेको हो । २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ।



    प्रहरीले आरोपी भण्डारीको साथबाट बरामद भएको कपडा र हतियारमा देखिएको रगतसँग मृतकहरूको डीएनए मिलेको अनुसन्धानबाट खुलेको बताएको छ । अनुसन्धान सकेर बुधबार प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।



    प्रहरीले भण्डारीलाई पक्राउ गर्दा उनको साथबाट हत्यामा संलग्न भनिएको खुकुरी समेत बरामद गरेको थियो। उक्त खुकुरीको बिडमा रतको टाटा बाँकी नै थियो। उक्त रगतको डीएनए हत्या गरिएकामध्ये १ जना नवीन राईको डीएनएसँग मेल खाएको प्रहरी स्रोतले बतायो ।

    उनी जन्मजात बोल्न नसक्ने भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो। बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको बताएका थिए । अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ (दिमागी अवस्था परीक्षण) गरेको थियो ।

    उक्त परीक्षणमा भण्डारीको दिमाग सामान्यभन्दा तीक्ष्ण देखिएको थियो । आरोपीले रिसिबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको हत्या गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार