Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तीनकुने सामूहिक हत्या प्रकरण : आज पक्राउ परेका अभियुक्त बोल्नै नसक्ने

    तीनकुने सामूहिक हत्या प्रकरण : आज पक्राउ परेका अभियुक्त बोल्नै नसक्ने

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 3.2K
    SHARES

    काठमाडौं । गैह्रीगाउँ सामूहिक हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेका व्यक्ति बोल्नै नसक्ने रहेको खुलेको छ ।

    काठमाडौंको तीनकुनेस्थित मिलमा सामूहिक हत्या भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आज एक जनालाई पक्राउ गरेको थियो ।



    सीसीटीभी फुटेजमा समेत कैद भएका ती व्यक्ति बोल्न नसक्ने भएको प्रहरी स्रोतले बतायो । सीसीटीभी फुटेजका आधारमा पक्राउ परेका उनी अन्दाजी २१/२२ वर्षका रहेका छन् । उनी एक्लैले चारजनाको हत्या गरेको प्रहरीको निस्कर्ष छ ।



    उनी मोरङ घर भएका १९ वर्षका नवीन राईको हत्या गर्न सःमिलमा पुगेका थिए । घटनाबारे थाहा पाउने भएपछि उनले अरुमाथि पनि अन्धाधुन्ध आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    दिव्य सः फर्निचर मिलमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल र मोरङका १९ वर्षका नवीन राईको शुक्रबार राति हत्या भएको थियो।

    यसअघि अपराध अनुसन्धान महाशाखाले घटनाको जानकारी गराउन आएका दीपेन्द्र राईलाई पक्राउ गरेर राखेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार