Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गैरीगाउँ हत्या प्रकरण : सरकारी वकिललाई प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

    गैरीगाउँ हत्या प्रकरण : सरकारी वकिललाई प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 807
    SHARES

    काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँमा ४ जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ ।

    अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाए हो । व्यक्तिगत रिसिबीका कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।



    काठमाडौंको तीनकुने गैह्रीगाउँमा सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय सञ्जय भण्डारीले भदौ २९ गते चार जनाको हत्या गरेका थिए ।



    आरोपीले रिसिबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको पनि हत्या गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको नेतृत्वमा उक्त घटनाको अनुसन्धान समिति बनाइएको थियो ।

    गैरीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार