Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तीनकुने हत्या प्रकरणका आरोपित सार्वजनिक, भने,‘आई किल्ड फोर पिपल’

    तीनकुने हत्या प्रकरणका आरोपित सार्वजनिक, भने,‘आई किल्ड फोर पिपल’

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 4.6K
    SHARES

    काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँमा शुक्रवार राति ४ जनाको हत्या गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ ।

    काठमाडौं प्रहरी परिसरले आइतवार साँझ पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । हत्या आरोपी भण्डारीले विशाल राईसँगको प्रतिशोध स्वरूप हत्या गरेको बयान दिएका छन् ।



    हत्यापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा आइतबार पक्राउ गरेको थियो । सिन्धुपाल्चोक जाने तयारी गरिरहेका उनलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



    उनी बोल्न नसक्ने‍ र सांकेतिक भाषामा कक्षा १२ उत्तीर्ण गरेको प्रहरीले जनाएको छ। पक्राउ पछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेका थिए।

    प्रहरीका अनुसार केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए।

    ठक्कर दिएपछि राईले उनलाई कुटपिट पनि गरेका थिए । जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक-पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार