Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जयलाई राखियो गोलघरमा

    गैरीगाउँ हत्याकाण्डका अभियुक्त सञ्जयलाई राखियो गोलघरमा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । गैरीगाउँमा सामूहिक हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको छ । शुक्रबार थुनछेक बहसपछि अदालतले भण्डारीलाई थुनामा पठाउने आदेश गरेको थियो ।

    सो आदेशसँगै भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको हो । गोलघरलाई कारागारभित्रको जेल भनेर बुझिन्छ ।



    गोलघरमा राखिने कैदीबन्दीलाई अलग्गै कोठामा कडा सुरक्षा घेराभित्र राखिने गरिन्छ । सरकारी वकिल कार्यालयले सञ्जयले क्रूरतापूर्वक चार जनाको ज्यान लिएको भन्दै जीवित रहेसम्म कैद हुने गरी जन्मकैदको सजाय मागदाबी गरेको छ ।



    सञ्जयले भदौ ३० गते श्री दिव्य सस् मिल तथा काष्ठ उद्योगमा नवीन भनिने विशाल राई, दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार