Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा

    माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 3.5K
    SHARES

    काठमाडौं । नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

    सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हरायो ।



    खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । डिबक्स भन्दा निकै टाढाबाट प्रशान्तले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।



    समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए । दोस्रो हाफमा ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।

    तर खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार