Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • साफ यू-१९ च्याम्पियन्सिप : पाकिस्तानसँग नेपाल हार्‍यो

    साफ यू-१९ च्याम्पियन्सिप : पाकिस्तानसँग नेपाल हार्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो ।



    ७७ औं मिनेटमा पाकिस्तानका अली जफराले गरेको गोल निर्णायक बन्यो । यससँगै दुई पटकको च्याम्पियन नेपालले घरेलु मैदानमा हारबाट च्याम्पियनसिपको सुरुवात गरेको छ ।



    नेपालको अर्को खेल माल्दिभ्ससँग २५ सेप्टेम्बरमा खेल्ने छ। त्यसअघि माल्दिभ्सले सेप्टेम्बर २३मा पाकिस्तानको सामना गर्ने छ।

    समूह बी अन्तर्गत यस अघि प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्ने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार