Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भुटानलाई पराजित गर्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा

    भुटानलाई पराजित गर्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । पाकिस्तान काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

    दशरथ रंगशालाम आज भएको सेमिफाइनलमा खेलमा पाकिस्तानले भुटानलाई सडन डेथमा पराजित गर्दै फाइनलमा पुगेको हो ।



    निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्ने मौका पाए पनि सदुपयोग नगरेपछि खेल टाइब्रेकरमापुगेको थियो । टाइब्रेकरको पहिलो सेटमा दुवै टिमका पाँच पाँच जनाले नै गोल गरेपछि टाइब्रेकर लम्बिएको थियो ।



    भुटानका लागि सल्जिम पेल्जाङले प्रहार गरेको छैटौं पेनाल्टी पाकस्तिानका गोलकिपर साहिल गुलले पञ्च गरेर बाहिर पठाए ।

    पाकिस्तानका लागि फाइनल पेनाल्टीमा कमिल अहमद खानले कुनै गल्ती गरेनन् र टिमलाई फाइनल पुर्‍याए। ९० मिनेटको खेलमा भुटान रणनीतिक हिसाबले निकै बलियो देखिए पनि पेनाल्टी सुटआउटमा पछि परेको हो ।

    विजेता पाकिस्तानले उपाधिका लागि नेपाल र भारतबीचको खेलको विजेतासँग खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार