Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • साफ यू–१९ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भारतसँग खेल्दै नेपाल

    साफ यू–१९ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भारतसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल आज भारतसँग खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतिस्पर्धा साँझ साढे ५ बजे सुरु हुन लागेको हो ।

    समूह चरणको अन्तिम खेलमा मालदिभ्सविरुद्ध रातो कार्ड खाएपछिका सुजन डंगोल आजको खेलमा भने टोली बाहिर रहने छन् ।



    मालदिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको थियो । नेपाल समूह ए को उपविजेता र भारत समूह बीको विजेता हुन्।



    भारतले समूह चरणको अन्तिम खेलमा भुटानलाई २–१ ले हराउँदै सेमिफाइलनमा स्थान बनाएको हो । आजै हुने पहिलो सेमिफाइनलमा पाकिस्तान र भुटान भिड्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार