Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • साफ यू-१९ फुटबल : माल्दिभ्सलाई जित्नै पर्ने दबाबमा नेपाल

    साफ यू-१९ फुटबल : माल्दिभ्सलाई जित्नै पर्ने दबाबमा नेपाल

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काडमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्ससँग खेल्दै छ ।

    दशरथ रंगशालामा साढे १ बजे हुने खेलमा नेपालले सेमिफाइनल पुग्न माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ ।



    दशरथ रंगशालामा शनिबार माल्दिभ्स र पाकिस्तानले बराबरी खेलेका थिए । नेपाल पाकिस्तानसँग १–० ले पराजित भएपछि आजको खेलमा नेपाललाई दबाब बनेको हो ।



    समुह ‘ए’मा रहेको पाकिस्तान २ खेलमा ४ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ ।

    माल्दिभ्ससँग विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा वा बराबरी खेलेको अवस्था भने नेपाल समुह चरणबाटै बाहिरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार