Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • समृद्धिका लागि प्याकेजमै कार्यक्रम ल्याउने सरकारको तयारी छ : रक्षामन्त्री खड्का

    समृद्धिका लागि प्याकेजमै कार्यक्रम ल्याउने सरकारको तयारी छ : रक्षामन्त्री खड्का

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 744
    SHARES

    सुर्खेत । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले नागरिक सुशासनलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् ।

    पूर्वी सुर्खेतको बोटेचौरमा भेरी कोरिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् ।



    रक्षामन्त्री खड्काले भने,‘विशेष गरी नागरिकहरुको दैनिक जीवनमा जोडिएका कुराहरुमा सहजता निर्माण, नागरिकको पहुँच सरकार, विकासमा कसरी पुग्छ, सुशासनका सवालमा सरकार अग्रसर भइरहेको छ । नागरिक सुशासनलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउँदै छ।’



    रक्षामन्त्री खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण सम्झौताहरु भएको बताए। साथै खड्काले कर्णाली निर्माण र समृद्धिका लागि राष्ट्रिय नेताहरुको समेत ध्यान केन्द्रित गराइएको बताए ।

    एकताको भावबाट देश विकास र समृद्धि‌ सम्भव रहेको उनले बताए । उनले रुस र युक्रेनबीचको युद्धका कारण अर्थतन्त्रमा असर परेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार