Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसियाली खेलकुद क्रिकेट

    माल्दिभ्सविरुद्ध नेपालले गुमायो पहिलो विकेट, आशिफ शेख ‘आउट’

    माल्दिभ्सविरुद्ध नेपालले गुमायो पहिलो विकेट, आशिफ शेख ‘आउट’

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । आशिफ शेख मात्र ६ रन बनाएर क्याच आउट भएका हुन् ।

    नेपालले २० रनको स्थितिमा पहिलो विकेट गुमायो । एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।



    आजको खेलमा पनि नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रेको छ । नेपाली टोलीमा पौडेलसहित आशिफ शेख, कुशल मल्ला, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, अविनाश बोहोरा, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् । नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।



    मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ । आजको खेल जितेमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार