Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • १९औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित

    १९औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 540
    SHARES

    काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ।

    आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३/२ को सेटमा जित निकालेको हो।



    पहिलो सेट मंगोलियाले २५/१७ ले जितेको थियो। तर दोस्रो सेटमा नेपाल २५/१८ र तेस्रो सेटमा २५/२१ को जितसँगै अग्रता लिन सफल भयो।



    चौथो सेटमा मंगोलिया २५/१८ ले विजयी भएसँगै खेल बराबरी भएको थियो। निर्णायक पाँचौ सेटमा नेपाल १५/१२ ले विजयी भयो।

    मंगोलियालाई पराजित गरेसँगै १३ देश सहभागी प्रतियोगितामा नेपाल एघारौं भएको छ।

    समूह चरणबाटै बाहिएपछि पदक सम्भावना सकिएको नेपालले वरीयताका लागि भारतसँग खेल्दा पराजय भोगेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार