Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एसियाली खेलकुदको करातेमा एरिकाले गरिन पदक पक्का

    एसियाली खेलकुदको करातेमा एरिकाले गरिन पदक पक्का

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुदको कराँतेमा एरिका गुरूङ फाइनलमा पुगेकी छिन् ।

    ६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८/४ ले हराउँदै एरिका फाइनलमा पुगेकी हुन् ।



    एरिकाले क्वार्टरफाइनलमा जापानकी खेलाडीलाई हराएकी थिइन् ।



    एरिकाले फाइनल पुगे लगत्तै रजत पदक पक्का गरेकी छिन् र अब स्वर्णका लागि खेल्ने छिन् ।

    एरिकाले नेपालका लागि दोस्रो पदक पक्का गरेकी हुन् । यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार