Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एसियाली खेलकुदको करातेमा एरिकाले जितिन् रजत पदक

    एसियाली खेलकुदको करातेमा एरिकाले जितिन् रजत पदक

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 603
    SHARES

    काठमाडौं। चीनमा जारी एसियाली खेलकुदमा नेपालकी कराँते खेलाडी एरिका गुरुङले रजत पदक जितेकी छन् ।

    १९औं एसियाली खेलकुदअन्तर्गत महिला ६८ केजी तौल समूहमा कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित भएपछि उनी रजत पदकै सीमित भएकी हुन् ।



    एरिका सोफ्यासँग ३-० ले पराजित भइन् । सेमिफाइनलमा एरिकाले हङकङकी खेलाडी यान काई होलाई ८-४ ले हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन् ।



    एरिकाले क्वार्टरफाइनलमा भने जापानी खेलाडी युजुकी सावाएलाई हराएकी थिइन् । नेपाले १९औं एसियाली खेलकुदमा दोस्रो पदक जितेको छ ।

    यसअघि कबड्डीमा नेपाली महिला टोलीले कांस्य पदक जितिसकेको छ । इन्डोनेसियामा विश्व सितेरियो च्याम्पियनसिपमा स्वर्ण जितेर एरिका १९औं एसियाली खेलकुदका लागि चीन पुगेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार