Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाललाई पाँचौँ विकेट झड्का, गुलशन पनि आउट

    नेपाललाई पाँचौँ विकेट झड्का, गुलशन पनि आउट

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । गुलशन झा खेलको १४.६ औँ ओभरमा मात्र ३५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् ।

    नेपालले १८ होभरमा १८३ रन बनाएर खेलिरहेको छ । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन बनाएर गुमाएको थियो ।



    चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।



    मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ । आजको खेल जितेमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार