Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एसियाली खेलकुद : नेपालसँग माल्दिभ्स १३८ रनले पराजित, अभिनासले लिए ६ विकेट

    एसियाली खेलकुद : नेपालसँग माल्दिभ्स १३८ रनले पराजित, अभिनासले लिए ६ विकेट

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । चीनको हाङजाओमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत टी-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको छ।

    २१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो ।



    नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए ।  माल्दिभ्सविरुद्धको खेलमा कीर्तिमानी शतक बनाएका कुशल मल्लले २० बलमा ४७ रन बनाउँदै नटआउट रहे ।



    यसअघि, ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । गुल्शन झाले पनि २१ बलमा समान ३५ रन बनाए ।

    माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए । नेपालको जितमा अभिनास बोहरा नायक बने । अभिनासले माल्दिभ्सको ६ विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार