Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • १९औं एसियाली खेलकुद : कबड्डीमा नेपालले पदक जित्ने पक्का

    १९औं एसियाली खेलकुद : कबड्डीमा नेपालले पदक जित्ने पक्का

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदमा नेपालले पदक जित्ने सम्भावना बढेको छ।

    महिला कबड्डीमा सोमबार बंगालदेशलाई ३७/२४ ले पराजित गरेसँगै नेपालको पदक सम्भावना बढेको हो।



    महिला कबड्डीमा कुल ७ टोली सहभागी भएकोमा नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छन् ।



    पहिलो खेलमा नेपालले जित हात पारेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको हो ।

    अब अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल यस समूहबाट सेमिफाइनल पुग्नेछ र सेमिफाइनल पुग्ने टिमले कम्तीमा कांस्य पदक जित्नेछ ।

    नेपालले समूह ए को दोस्रो तथा अन्तिम खेल मंगलबार इरानसँग खेल्नेछ । इरान र बंगलादेशबीचको खेल भने बुधबार हुनेछ ।

    समूह बी मा भारत, थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार