Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एसियाली खेलकुद

    टस हारेर भारतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    टस हारेर भारतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटतर्फ क्वार्टरफाइनलमा भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।

    चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि भारतीय टिमका कप्तान रितुराज गाइकवाडले ब्याटिङको निर्णय गरेका हुन् ।



    नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।



    भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने भएको हो ।भारतले एकदिवसीय विश्वकपको कारण एसियाली खेलकुदमा दोस्रो टोली पठाएको छ । तर भारतीय टोलीमा आईपीएलमा राम्रो प्रदर्शन गर्दै आएका खेलाडी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार