Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एसियाली खेलकुद : भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

    एसियाली खेलकुद : भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 984
    SHARES

    काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वाटरफाइल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।

    चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको हो । भारतका लागि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक १०० रन बनाए ।



    ४९ बलमा शतक पूरा गरेका जयसवालले ७ छक्का र ७ चौका प्रहार गरे। चौथो विकेटको रुपमा पेभेलियन फर्किएका जैसवाललाई नेपालका अविनाश बोहराले दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराएका थिए।



    यस्तै, रिंकु सिंहले ३५ र शिवम दुवे २५ रनमा नटआउट रहे। कप्तान ऋतुराज गायकवाडले २५ रन बनाए । नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।

    नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो । भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार