Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसियाली खेलकुद

    भारतविरुद्ध नेपाललाई पहिलो झड्का, आसिफ १० रनमा ‘आउट’

    भारतविरुद्ध नेपाललाई पहिलो झड्का, आसिफ १० रनमा ‘आउट’

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

    चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा पहिलो विकेट रुपमा ओपनिङ ब्याटर आसिफ शेख १० रन बनाएर आउट भएका हुन् । ६ बल सामना गरेका आसिफले १ छक्का र १ चौका प्रहार गरेका थिए।



    भारतका बलर अभिस खानले आसिफलाई जितेश शर्माबाट क्याचआउट गराए।



    पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । २०३ रनको विजयी लक्ष्यका साथ नेपाल जवाफी ब्याटिङ गरिरहेको छ। नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।

    नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो । भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार