Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसियाली खेलकुद

    नेपालका दुवै ओपनर आउट, दबाबमा नेपाल

    नेपालका दुवै ओपनर आउट, दबाबमा नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

    दोस्रो विकेटका रूपमा नेपालले कुशल भुर्तेललाई गुमाएको हो । उनी २८ रन बनाउँदै आउट भएका हुन् ।



    योसँगै दुवै ओपनर आउट भएका छन् । पहिलो विकेटका रुपमा ओपनिङ ब्याटर आसिफ शेख १० रन बनाएर आउट भएका थिए ।



    पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । २०३ रनको विजयी लक्ष्यका साथ नेपाल जवाफी ब्याटिङ गरिरहेको छ। नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार