Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसियाली खेलकुद : भारोत्तोलनमा विशालको राष्ट्रिय कीर्तिमान

    एसियाली खेलकुद : भारोत्तोलनमा विशालको राष्ट्रिय कीर्तिमान

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदको भारोत्तोलन खेलमा नेपालका विशालसिंह विष्टले दुर्लभ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

    चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान स्थापित गरेका हुन्।



    उनले पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि बनाए ।



    विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।

    यसअघि स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार