Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एसियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेन : रोहित पौडेल

    एसियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेन : रोहित पौडेल

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसियाली खेलकुदमा सोचेजस्तो नतिजा नआएको बताएका छन् ।

    चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी भइ स्वदेश फर्किएपछि पौडेलले यस्तो बताएका हुन् ।



    क्वाटरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली आज मध्याह्न क्रिकेट टोली स्वदेश फर्किएको हो ।



    कप्तान पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए । उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए ।

    उनले विश्व रेकर्ड बन्दा टिम धेरै नै खुशी भएको बताए । आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए ।

    टि–२० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार