Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारत पुग्यो एसियाली खेलकुदअन्तर्गत किक्रेटको फाइनलमा

    भारत पुग्यो एसियाली खेलकुदअन्तर्गत किक्रेटको फाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 852
    SHARES

    काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटमा भारत फाइनल प्रवेश गरेको छ।

    हाङझाउमा भएको खेलमा भारतले बंगलादेशविरूद्ध रवाफिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।



    टस जितेर भारतले पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रनमात्र जोड्न सक्यो।



    जवाफी ब्याटिङ गरेको भारतले १ विकेट गुमाउँदै १० ओभरमै ९७ रन बनायो।

    भारतका लागि कप्तान रितुराज गायकवाडले ४० र तिलक बर्माले ५५ रन बनाए।

    यसअघि क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार