Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै चार मुद्दा लिएर सर्वोच्च गयो अख्तियार

    विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै चार मुद्दा लिएर सर्वोच्च गयो अख्तियार

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालत गएको छ ।

    अख्तिायरले विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये गैरकानुनी लाभ तथा हानी,सार्वजनिक सम्पत्ती हानी नोक्सानी र घुस लिइ भ्रष्टाचार गरेकासम्बन्धी चार मुद्दामा पुनरावेदन दिएको हो ।



    सरकारी कागजात हेरफेर गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोप संजय कुमार ठाकुरसमेत २८ जना प्रतिवादी रहेको मुद्दामा विशेषले दिएको फैसलाविरुद्ध पुनरावेदन गरेको अख्तियारले जनाएको छ ।



    घुस रिसवत लिइ भ्रष्टाचार गरेको मुद्दामा भोगेन्द्र प्रसाद साहसमेत ४ जना प्रतिवादी रहेको मुद्दामा पनि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको छ।

    यसैगरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार मुद्दामा धर्मराज अधिकारीसमेत ८ जना प्रतिवादी र सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दाका प्रतिवादी बाबुराम पाण्डे,प्रविन वस्ती,हसिमान गुरूङ,अनिता गुरूङ,राम नारायण चौधरी प्रतिवादी रहेको मुद्दामा विशेषले गरेको फैसला चित्त नबुझेपछि पुनरावेदन दिएको अख्तियारले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार