Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अर्थमन्त्री महत मोरक्को प्रस्थान

    अर्थमन्त्री महत मोरक्को प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 654
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत आज मोरक्कोतर्फ प्रस्थान गरेका छन्। अर्थमन्त्री महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्कोतर्फ प्रस्थान गरेका हुन् ।

    बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने भएको छ।



    यही असोज २२ गतेदेखि २८ गतेसम्म हुने बैठकको मूल नारा’ ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ। सोही अवसरमा अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने जनाइएको छ।



    त्यसैगरी युएस एडसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ।

    सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँचसम्बन्धी जोखिम तत्वको विषयमा छलफल, विल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेशी एवं चुनौतीसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल हुने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार