Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास सुरु

    जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास सुरु

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 798
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंमा सोमबारबाट पारिवारिक इजलास सुरु भएको छ ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमवार बिहान पारिवारिक इजलासको शुभारम्भ गरेका हुन् ।



    प्रधानन्यायाधीश श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरु पूरा गरेकोमा खुशी लागेको बताए ।



    प्रधानन्यायाधीश श्रेष्ठले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरुपण गर्न सहज हुने बताए ।

    उनले पारिवारिक इजलासले महिला र बालबालिकावादी मुद्दाको छिनोफानो चाँडो टुंग्याउने भन्दै आगामी दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास बिस्तार गर्ने जानकारी दिए ।

    उनले पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरुले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरुपण गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार